Categories अन्तर्राष्ट्रिय

केदानाथमा हेलिकप्टर दुर्घटना, सबै सुरक्षित

Advertisement

काठमाडौँ l भारतस्थित ऋषिकेश एम्सबाट केदारनाथ आउँदै गरेको हेलिकप्टर अचानक अनियन्त्रित हुँदा अवतरणका क्रममा दुर्घटना भएको छ।

बिरामी लिन आएको हेलिकप्टर केदारनाथ हेलिप्याडमा दुर्घटना भए पनि त्यसमा सवार सबै जना सुरक्षित छन्। ऋषिकेशबाट सञ्चालित उक्त हेली एम्बुलेन्सको रूपमा चल्छ।

Advertisement

दुई जना डाक्टर र पाइलट सवार हेलिकप्टर हेलिप्याडबाट २० मिटर टाढा दुर्घटना भएको थियो।

Advertisement

श्री केदारनाथ धाममा बिरामीलाई उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। पाइलटको होसियारीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको भारतीय पत्रिका जागरणले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *