Categories समाचार

हिंसा र अपराध कर्मलाई कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न मिल्दैन : गृहमन्त्री लेखक

Advertisement

काठमाडौं l गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न नमिल्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले हिंसालाई धर्मसंग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको बिषय नेपालको संविधान बिपरित रहेको समेत बताए।

Advertisement

उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उनले जानकारी दिए। उनले अपराधीक कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरमा ल्याइने स्पष्ट पारे । मन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गरे। उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे।

त्यस्तै गृहमन्त्री लेखकले उक्त घटनाका घाइतेको सरकारले निशुल्क उपचार गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए। गृहमन्त्री लेखकलाई सांसदहरु प्रेम सुवाल, निशा डाँगी र सोविता गौतमले प्रश्न गरेका थिए।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *