Categories Uncategorized

लागुऔषध ट्याब्लेट सहित ५ जना पक्राउ

कलैया । जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध ट्याब्लेट सहित ५ जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका वडा नं ४ मौरी खोला तिर प्रतिबन्धित लागुऔषध खरिद बिक्रि हुँदैछ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरिक्षक जिवन लामिछानेको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाँउपालिका वडा नं ६ भालु खोला बस्ने प्रेम कुमार योञ्जनको छोरा २५ वर्षिय बिजय योञ्जन, बाराको निजगढ नगरपालिका वडा नं १० चौकीटोल बस्ने डिल बहादुर वाईबाको छोरा २८ वर्षिय प्रेम वाईबा, नेत्र बहादुर थिङको छोरा २२ वर्षिय धन बहादुर थिङ, त्यहीका दौलत सिह घालनको छोरा ३० वर्षिय ज्ञान बहादुर घलान र वडा नं १० कै बिच टोल बस्ने लक्ष्मण दुलालको छोरा २४ वर्षिय अमृत दुलाल रहेका छन्।

Advertisement

उनीहरुलाई शंका लागि शरिर र लेदारको पछाडी भिर्ने झोला समेत चेकजँच गर्दा प्रतिबन्धित लागु औषध ट्रमाडोल ५० लेखेको ५७ पत्ता ५७० पिस मध्ये ५ पिस सेवन गरी बाँकी ५६५ पिस, एन्टिकोफ लेखेको ट्याब्लेट ५ पत्ता ५० पिस मध्ये ७ पिस सेवन गरी बाँकी ४३ र डेभोक्सिन-१० लेखेको ५ पत्ता ५० पिस मध्ये ४ पिस सेवन गरी बाँकी ४६ पिस बरामद भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय निजगढमा राखी थप अनुसन्धान भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *