Categories समाचार

ब्रेक फेल भएर गाडी सडकबाट २० मिटर तल खस्दा तीन जना गम्भीर घाइते

Advertisement

काठमाडौं l मकवानपुरमा गाडीको ब्रेक फेल भएर सडक दुर्घटनामा परेको छ।

भिमफेदी गाउँपालिका-९ स्थित त्रिभुवन राजपथ सडकखण्ड छैसठ्टी मोडमा चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डिएसपी श्यामु अर्यालले जानकारी दिए।

Advertisement

उनका अनुसार मंगलबार दिउँसो १ बजेतिर प्रदेश २-०३-००१ ज ०१४७ नं.को गाडी सडकबाट २० मिटर तल खसेको हो। उक्त गाडी दुर्घटना भई रूखमा अड्किएको छ।

Advertisement

दुर्घटनाको खबरपछि प्रहरी चौकी चैसे, सिमभञ्ज्याङबाट खटिएको टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पतालमा पठाएको छ। उक्त गाडीमा चालकसहित १४ जना सवार थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *