Categories समाचार

बिक्रीका लागि राखिएको हरियो धनियाँमा झन्डै शतप्रतिशत विषादी

Advertisement

काठमाडौ l कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको हरियो धनियाँमा झन्डै शतप्रतिशत विषादी भेटिएको छ ।

काभ्रेपलाञ्चोकबाट मंगलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Advertisement

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा हरियो धनियाँमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ ।

Advertisement

रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य हुने र ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड सरकारले बनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *