Categories समाचार

काठमाडौं महानगर नगर प्रहरी प्रमुखलाई स्पष्टीकरण

Advertisement

काठमाडौं l काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको घटनासँग सम्बन्धित रूपमा उनलाई सो स्पष्टीकरण सोधिएको हो।

गत चैत २१ गते गुरागाईं बिदापछि कार्यस्थल फर्किन जाँदा नगर प्रहरी बलले प्रवेशमा अवरोध गरेको थियो। उपमेयर सुनिता डंगोलको साथमा पुगेका गुरागाईंलाई कार्यालय परिसरमा रोक लगाइएकाले प्रशासनिक कार्यसम्पादनमा अवरोध भएको आरोप लागेको छ।

Advertisement

गुरागाईंको तर्फबाट महानगर प्रमुखलाई पठाइएको पत्रमा उपमेयर, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको बारम्बारको आग्रह बेवास्ता गरी कार्यकक्षको तालावन्दी खोल्न नगर प्रहरी प्रमुखले असहयोग गरेको उल्लेख छ।

Advertisement

त्यस्तै, गुरागाईंले प्रयोग गर्ने सरकारी सवारीसाधनमा ह्वील लक लगाइनु, कार्यालयमा आतंक सिर्जना गर्नु, जनप्रतिनिधिहरूलाई अभद्र व्यवहार गर्नु, हाजिर पुस्तिका कब्जामा लिनु, बारम्बारको आग्रहपछि पनि कार्यकक्षको तालावन्दी नखोल्नु लगायतका विषयमा स्पष्ट जवाफ मागिएको छ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंका अनुसार, स्पष्टीकरण बुझाउन सात दिनको समय दिइएको छ। उनले भने, “चित्तबुझ्दो जवाफ आउँछ कि आउँदैन हेर्न बाँकी छ।”

महानगर स्रोतका अनुसार, समयसीमा भित्र सन्तोषजनक स्पष्टीकरण नआएमा कानुनअनुसार अनुशासनात्मक वा अन्य आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *