Categories समाचार

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्जको एक बिद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

मंगलबार मधेश प्रदेशको एक मात्र विकास बैंक कर्पोरेट डेभलपमेन्ट बैंक लि. द्वारा वीरगन्जको नेपाल रेल्वे माध्यमिक बिद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङकाे प्रमुख आतिथ्यमा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको बैंकका चन्दन पण्डितले जानकारी गराए ।

Advertisement

कार्यक्रममा बैंकका प्रमुख व्यापार अधिकृत उदय कुमार कामती, विज्ञान साह, प्रशासन प्रमुख कुनाल पाल, नेपाल रेल्वे मा. वि. का प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, शिक्षक तथा विद्यार्थीहरु काे उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मन्तव्य दिँदै विद्यार्थीहरुमा वित्तीय सचेतनाका बारेमा प्रकाश पारेका थिए।

त्यस्तै बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय काे विद्यार्थीहरुलाई विभिन्न किसिमका शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थीहरुको मुहार मा खुसियाली छाएको थियो पण्डितले बताए ।

साथै बैंकले विद्यालयलाई फोहोर व्यवस्थापनकाे लागि डस्टविन हस्तान्तरण गर्दा फोहोर व्यवस्थापनमा बैंकले गरेको सहयोगकाा लागि प्रधानाध्यापकले बैंकलाई धन्यवाद तथा प्रसंशा पत्र समेत प्रदान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *