Categories समाचार

सिमराबाट काठमाडौँ जाँदै गर्दा एक महिलाको विमानमै मृत्यु

Advertisement

वीरगञ्ज । बाराको सिमराबाट काठमाडौँ उपचारका लागि लैजाँदै गर्दा एक महिलाको विमानमै मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका–११ निवासी ३९ वर्षीया राजुकुमारी चौधरीको बुद्ध एयरको विमानमा यात्रा गरिरहेकै अवस्थामा निधन भएको हो।

मंगलवार दिउँसो ४ बजे सिमराबाट उडेको विमानमा राजुकुमारी चौधरी आफ्ना पति जङ्गबहादुर चौधरीसँगै काठमाडौँ आउँदै थिइन्। उडानकै क्रममा उनी अचेत भएकी थिइन्। काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनलाई तत्काल सिनामंगलस्थित केएमसी अस्पताल पु¥याइएको थियो। तर, अस्पताल पु¥याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

Advertisement

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार चौधरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको र गौशाला प्रहरी वृत्तले यसबारे आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाको कारणबारे पोस्टमार्टम रिपोर्ट आएपछि थप खुल्ने प्रहरीले बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *