Categories समाचार

चट्याङ लागेर वीरगन्जमा एक बालकको मृत्यु

Advertisement

वीरगन्ज l चट्याङल लागेर वीरगन्जमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढा गाउँका भगन माझीका छोरा १५ वर्षीया शिवशंकर माझी रहेका छन् ।

प्रहरीका अनुसार, शिवशंकर घरमा सुतिरहेका बेला बुधबार बिहान ४ बजेतिर अचानक चट्याङ परेको र त्यसपछि उनि सास फेर्न गाह्रो भएको भन्दै आँफै घरबाट निस्किएर १४÷१५ कदम हिडेपछि लडेर बहोश भएका थिए । त्यसपछि आएका गाँउका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा शिवशंकरको मृत्यु भइसकेको घोषणा गरेकोे प्रहरीले जनाएको छ ।

Advertisement

शिवशंकरको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *