Categories न्युज कारखाना

आईपीएलः १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड

Advertisement

काठमाडौँ l २०२५ मा १४ वर्षीय वैभव सूर्यवंशीले क्रिकेट जगतमा हलचल मच्चाएका छन् । 

राजस्थान रोयल्सका यी युवाले ७ म्याचमा २४ छक्का प्रहार गरेर आफ्नो प्रतिभा प्रमाणित मात्र गरेनन्, भविष्यमा आइपिएलको सबैभन्दा ठुलो कीर्तिमान पनि तोड्न सक्ने देखाएका थिए ।

Advertisement

यदि वैभवले लिग चरणका सबै १४ खेल खेल्न पाएको भए उनी पक्कै पनि सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा हुने थिए । र, एक सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यानको कीर्तिमान पनि उनीसँग हुने थियो ।

Advertisement

खासमा आइपिएल २०२५ मा राजस्थान रोयल्सको प्रदर्शन निकै खराब रह्यो । १४ खेलमा ४ जितसहित ९औँ स्थानमा रहन बाध्य भयो । वैभव सूर्यवंशीले यीमध्ये ७ खेल मात्र खेल्न पाएका थिए तर यो अवधिमा उनले उत्कृष्ट प्रदर्शन गरेर दुनियाँलाई चकित बनाउन भने सफल भए । 

नेपालको छिमेकी राज्य बिहारको समस्तीपुर जिल्लाको ताजपुर गाउँमा जन्मेका वैभव सूर्यवंशीले १९ अप्रिल २०२५ मा लखनउ सुपर जायन्ट्स विरुद्ध आफ्नो आइपिएल डेब्यू गरेका थिए।

उनले पहिलो बलमा छक्का प्रहार गरेर आफ्नो निडर ब्याटिङको प्रदर्शन क्षमता प्रस्तुत गरे। यसपछि उनले गुजरात टाइटन्स विरुद्ध पनि शतक बनाउन सफल । यो आइपिएलमा भारतीय ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो शतक पनि हो ।

आइपिएल २०२५ मा वैभवले ७ खेलमा २४ छक्का प्रहार गरेका थिए । यदि उनले लिग चरणका सबै १४ खेल खेलेको भए उनको छक्काको सङ्ख्या ४०–५० पुग्न सक्थ्यो भनिन्छ । जुन एक सिजनमा कुनै पनि भारतीयले सर्वाधिक छक्का प्रहार गर्ने नयाँ रेकर्ड बनाउन पर्याप्त थियो ।

हाल आइपिएलको एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान अभिषेक शर्माको नाममा रहेको छ, उनले गत वर्ष ४२ छक्का प्रहार गरेका थिए भने यो सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान निकोलस पुरान बनेका छन् । उनले हालसम्म ४० छक्का प्रहार गरिसकेका छन् ।

वैभव सूर्यवंशीले यी ७ खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३६.०० को औसतमा २५२ रन बनाएका थिए । यस अवधिमा उनको स्ट्राइक रेट २०६.५५ थियो। उनी यो सिजन सर्वाधिक स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यान पनि हुन् । यस सिजनमा वैभव सूर्यवंशीले शतकका साथै अर्ध शतक पनि बनाएका छन् । योसँगै उनले १८ चौका पनि प्रहार गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *