Categories समाचार

धनकुटाबाट ८ सय ९० किलो गाँजा बरामद

धनकुटा l धनकुटाको साँगुरीगढी गाउँपालिका–२ स्थित ओख्रे प्रहरी चौकीले बोलेरो पिकअपमा लोड गरिएको ८ सय ९० किलो गाँजा बरामद गरेको छ।

उक्त गाँजा शनिबार बिहान पिकअप गाडीमा २९ वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

Advertisement

नजिकका प्रहरी युनिटहरू तथा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा २० जनाको जनशक्ति थप परिचालन गरिएको थियो। 

Advertisement

उक्त टोली पुग्नुअघि नै पिकअप गाडीका चालकले ड्युटीमा रहेका प्रहरी जवान सञ्जयकुमार थारूलाई धकेलेर जंगलतर्फ फरार भएका थिए। थारूको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनी डाँडाबजारस्थित क्लिनिकमा उपचाररत छन्।

प्रहरीले घटनास्थलबाट को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल र ४ थान मोबाइल फोन समेत बरामद गरेको छ।

फरार चालकको पहिचान खुलेको र उनलाई पक्राउ गर्न धनकुटा तथा मोरङ प्रहरीले संयुक्त खोजी गरिरहेको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामग्री जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *