Categories समाचार

पूर्वराष्ट्रपति भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै

काठमाडौं l पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ। मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लाग्नुभएको हो। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जाने छ। भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन्।

Advertisement

चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ। राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट हुने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ। पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्वउपाध्यक्षसमेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताउनुभयो।

Advertisement

चीनमा रहँदा उद्योगमन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक–एक वटा कार्यक्रममा सहभागी हुनुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *