Categories शिक्षा समाचार

डेसिमल कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरूको विदाइ कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । डेसिमल कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गण्डकस्थित कलार्क रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा शैलेन्द्र चौरसिया उपस्थित थिए।

कार्यक्रममा विदा हुँदै गरेका विद्यार्थीहरूलाई भविष्यको शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिइएको थियो। विद्यार्थीहरूले कलेजमा बिताएका सम्झनाहरू बाँड्दै, साथीहरू तथा शिक्षकप्रति कृतज्ञता व्यक्त गरे।

Advertisement

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नृत्य, संगीत र विदाई सम्बोधनहरूले भावनात्मक वातावरण सिर्जना गरेको थियो। शिक्षकहरूले पनि आफ्ना अनुभव र शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई सदैव इमानदार, अनुशासित र लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गरे।

Advertisement

कलेजका संस्थापक सन्नी दुबेको अध्यक्ष्तामा भएको कार्यक्रममा सञ्चारकर्मी आशिक अंसारी, राजेन्द्र सिंह, संतोष पटेल, श्याम सर्राफ, जोती पण्डित, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा कलेज प्रशासनले सफल कार्यक्रमको आयोजना गर्न सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *