वीरगन्ज । आज ललितपुरको कुपोन्डोलस्थित होटेल हिमालयमा आयोजित “नेपालमा बाल न्याय प्रणालीको प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका” विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहभागी भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत हुनुहुन्थ्यो। कार्यक्रममा अध्यक्षता केन्द्रीय बाल न्यायिक समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश दिल प्रसाद श्रेष्ठले गर्नु भएको थियो।
गोष्ठीमा बालमैत्री न्याय प्रणालीको सुदृढीकरण, प्रभावकारी कार्यान्वयन, तथा सरोकारवालाहरूबीचको सहकार्य र समन्वयका आवश्यकतामाथि विस्तृत छलफल भएको थियो।
स्थानीय तहका प्रतिनिधिका रूपमा वीरगन्जका नगर प्रमुख सिंह र प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णको उपस्थिति सरोकारवालाहरूको भूमिकाको सन्देश दिनुका साथै स्थानीय सरकारको प्रतिबद्धता झल्काउने खालको रह्यो।






