वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी धान रोपाईं सिजनलाई लक्षित गर्दै कृषकहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरिरहेको छ।
यो योजनाको उद्देश्य कृषकहरूको उत्पादन लागत घटाउनुका साथै समयमै गुणस्तरीय बीउ उपलब्ध गराउनु हो।
महानगरपालिकाले एक सूचना जारी गर्दै सबै कृषकहरूलाई निर्धारित समयभित्रै बीउ लिन आग्रह गरेको छ। बीउ वितरण प्रक्रिया पारदर्शी र व्यवस्थित हुने जनाइएको छ।
महानगरका कृषि शाखा प्रमुखका अनुसार, “धानको बीउ वितरण हाल सुरु भइसकेको छ र यसपालि पर्याप्त मात्रामा बीउ उपलब्ध गराइएको छ। कृषकहरूले ढिला नगरी समयमै बीउ लिनु अत्यन्त जरुरी छ, ताकि रोपाईंको समयमा कुनै समस्या नआओस्।”




