Categories समाचार

बी.पी. उद्यानको बजार सार्न तयारी अन्तिम चरणमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाँ क्षेत्रको रेलवे रोडसँग जोडिएको करिब ३२ कट्ठा जग्गामा बी.पी. कोइराला उद्यानको बजार स्थानान्तरण गर्न आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेको छ ।

महानगरपालिकाले वीरगंज बजार क्षेत्रमा रहेको भीडभाड र अव्यवस्थित व्यापार प्रणालीलाई व्यवस्थित गर्नका लागि वैकल्पिक बजार स्थलको रुपमा सो जग्गा चयन गरेको हो।

Advertisement

बजार व्यवस्थापन र पूर्वाधार निर्माणका लागि आवश्यक योजना अघि बढाइएकोमा हाल तीव्र रूपमा अन्तिम तयारीहरू भइरहेको छ।

Advertisement

महानगरपालिकाका अनुसार सो स्थानमा आधुनिक सुविधा सम्पन्न बजार निर्माण गरिनेछ, जसमा सटर, पार्किङ, खानेपानी, शौचालय तथा फोहर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार समावेश गरिनेछन्।

बजार स्थानान्तरणपछि वीरगंज बजार क्षेत्रको यातायात व्यवस्थापन, सफाइ र नगर सौन्दर्यकरणमा सुधार आउने अपेक्षा गरिएको छ।

स्थानीय व्यवसायी र नागरिकले पनि व्यवस्थित बजारको आवश्यकता औंल्याउँदै यो कदमलाई सकारात्मक रुपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *