वीरगन्ज । पछिल्लो समय वीरगन्जमा पटक–पटक भइरहेको विद्युत् अवरुद्धका कारण जनजीवन कष्टकर बन्दै गएको छ। दिनहुँजसो अनियमित रूपमा बत्ती जाने समस्या भएपछि स्थानीय बासिन्दा आक्रोशित छन्।
राति मध्यरातमा पनि पटकपटक बत्ती जान थालेपछि सर्वसाधारणको निद्रा प्रभावित भएको छ। “गर्मीमा त झन् गाह्रो छ, न पंखा चल्छ, न एसी। बालबालिका र वृद्धवृद्धा बढी हैरान छन्,” स्थानियवासी करण पटेलले गुनासो गरे।
विद्युत अवरुद्धका कारण दैनिक प्रयोगमा आउने इलेक्ट्रोनिक उपकरणहरू जस्तै फ्रिज, टेलिभिजन, वासिङ मेसिन, कम्प्युटर आदिमा समेत क्षति पुगिरहेको छ। केहीले आफ्ना इलेक्ट्रोनिक समान जलेको गुनासो गरेका छन्।
यस समस्याले लाइनमा निर्भर व्यवसायहरू—जस्तै प्रिन्टिङ प्रेस, इन्टरनेट सेवा प्रदायक, कोल्ड स्टोर, सानो उद्योग आदि थप्प पारेको छ। “बिजुली नहुँदा हाम्रो उत्पादन पूर्ण रूपमा रोकिन्छ। जेनरेटर चलाउनु पर्ने हुँदा लागत बढेको छ,” एक उद्योग व्यवसायीले बताए।
विद्युत प्राधिकरणका प्रमुखलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल एक कार्यालय सहयोगीले उठाएर भने समस्या समाधानको प्रयास भइरहेको छ।






