Categories समाचार

ठाकुरराम क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पसको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरुमध्ये प्रीती पटेल, राहुल सिंह राजपुत, जय नेपाल चौरसिया, राजु पटेल, गुड्डु पटेल, सकलेन मुस्ताक, आलोक सिंह, रिकेश यादव, राहुल साह, बृजकिशोर गोसाई, सुहेल अन्सारी, प्रेम सागर, इम्तियाज हुसेन, प्रेम सागर चौधरी, उज्ज्वल उपाध्यायलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरुले आफ्नो अमूल्य रगत दान गरी मानवता र सामाजिक उत्तरदायित्वप्रति प्रेरणादायी योगदान दिएका छन्।

Advertisement

कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

Advertisement

कार्यक्रममा ठाकुरराम क्याम्पसका प्रमुख रञ्जित प्रसाद यादव, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्राध्यापक संघका पूर्व सभापति प्रमोद कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पूर्व स्ववियु सभापति वैकुण्ठ श्रीवास्तव, समाजसेवी प्रकाश उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, सामाजिक अभियन्ता राजेन्द्र भट्टराई, अस्थायी प्रहरी पोस्ट आदर्शनगरका प्रमुख प्रदीपकुमार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा सभापति यादवले वीरगञ्ज क्षेत्रमा रगतको बढ्दो अभाव र रक्तसञ्चार केन्द्रको आग्रहलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको जानकारी गराउँदै सबै रक्तदाता तथा सहकार्य गर्ने हातहरूप्रति धन्यवाद ज्ञापन गरे। “रक्तदान नै जीवनदान हो,” उनले भने, “यसले न्यानो मानवता र सामाजिक सहकार्यको भावनालाई बलियो बनाउँछ।”

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा मनिष गुप्ता सहितको टोलीले रक्तदाताहरूलाई सहजीकरण गरेका थिए।

रक्तदान कार्यक्रमले वीरगञ्जमा स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमा विद्यार्थीहरूको सक्रिय सहभागिता पुष्टि गरेको आयोजकको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *