Categories समाचार

अग्रवाल महिला मञ्च, वीरगञ्जको दोस्रो कार्यसमितिको नेतृत्वमा नूतन सरावगी

वीरगञ्ज । वीरगञ्जमा क्रियाशील अग्रवाल महिला मञ्चको दोस्रो कार्यसमिति गठन गरिएको छ। यस कार्यसमितिको अध्यक्षमा नूतन सरावगी चयन भएकी छन्।

नवगठित कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी कविता खेतानलाई, सचिवको भूमिका स्वेता मस्करा र कोषाध्यक्षको जिम्मेवारी न्यान्सी अग्रवाललाई दिइएको छ।

Advertisement

यस संस्थाले समाजमा महिलाहरूको उत्थान तथा सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्दै आइरहेको छ।

Advertisement

कार्यक्रमको अवसरमा अध्यक्ष नूतन सरावगीले भनिन्, “समाजमा महिलाहरूको लागि केही सकारात्मक कार्य गर्नु हाम्रो मूल उद्देश्य हो। हामी महिलाहरूको हकहितको संरक्षण तथा अवसरको सृजनामा निरन्तर लागिरहनेछौं।”

संस्थाले भविष्यमा महिलामुखी सामाजिक, शैक्षिक तथा स्वास्थसम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *