Categories समाचार

पर्सामा सर्वदलीय बैठक, गणतन्त्र दिवसमा दीपोत्सव आयोजना गर्ने निर्णय

वीरगन्ज । पर्सा जिल्लाका प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठक आज सम्पन्न भएको छ। नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा बसेको बैठकले गणतन्त्र दिवसको अवसरमा दीपोत्सव गर्ने निर्णय गरेको हो।

बैठकले २०८२ साल जेठ १५ गते साँझ ६ बजे गहवामाई मन्दिर अगाडि सामूहिक रूपमा दीपोत्सव आयोजना गर्ने निर्णय गरेको छ। गणतन्त्रको सम्मानमा आयोजित यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गरिने सहमति बैठकले गरेको छ।

Advertisement

बैठकमा नेकपा एमाले पर्साका सचिव महेश दास, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा (एस) पर्साका अध्यक्ष बालगोपाल थापा, केन्द्रीय सदस्य मनोज चौधरी, नेका पर्साका प्रवक्ता राकेश पाण्डेय, जनमत पार्टीका प्रदेश सदस्य राजनारायण मिश्र तथा महानगर अध्यक्ष महादेव शर्मा लगायतको सहभागिता रहेको थियो।

Advertisement

बैठकले सबै दलहरूबीच आपसी सहकार्य र समझदारी कायम गर्दै गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने प्रतिवद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *