Categories समाचार

वीरगन्जमा नाला सफाइ तीव्र, मंगलबार नगर प्रमुखको नेतृत्वमा अनुगमन

Advertisement

वीरगन्ज । बाढी र डुबानको सम्भावित जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरपालिका सक्रिय बनेको छ। मंगलबार नगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा वडा नं. ११ र १३ अन्तर्गतका प्रमुख नालाहरूको अनुगमन तथा निरीक्षण गरिएको हो।

स्थलगत निरीक्षणका क्रममा नाला अतिक्रमण गरिएको र लामो समयदेखि सरसफाइ नगरिएको भेटिएको छ। प्रमुख सिंहले अविलम्ब सफाइ कार्य थाल्न र स्थानीय समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो।

Advertisement

महानगरपालिकाका अनुसार यसअघि बजार क्षेत्रदेखि भन्सारसम्मको नाला सफाइ सम्पन्न भइसकेको छ भने केही स्थानमा काम अझै जारी रहेको छ। अब बाँकी क्षेत्रको सफाइ कार्यलाई तीव्र बनाउने योजना बनाइएको जनाइएको छ।

Advertisement

अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वडा नं. १३ का अध्यक्ष हिरालाल गिरी, सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, अमित अग्रवाल, ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतान, शिवजी गुप्ता लगायतको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा स्थानियवासीसँगको संवादमा डुबान, नाला अवरोध र नियमित सफाइका विषयमा गुनासोहरू सुनिएपछि नगर प्रमुखले ती समस्यालाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।

महानगरले मनसुन सुरु हुनु अघि नै मुख्य नालाहरू खुला राख्ने र सम्भावित जोखिम नियन्त्रण गर्ने तयारीलाई प्राथमिकता दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *