वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय नेतृत्वमा पर्साबाट फेरि एकपटक रवि गुप्ताको पुनरागमन भएको छ। पोखरामा सम्पन्न संघको १०औं महाधिवेशनले गुप्तालाई केन्द्रिय सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका स्थायी बासिन्दा गुप्ता लामो समयदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा संलग्न रहँदै आएका छन्। पार्टीका नीति र विधानप्रति समर्पित रहँदै, उनले विभिन्न आन्दोलन, अभियान तथा सांगठनिक गतिविधिमा निरन्तर योगदान दिँदै आएका छन्।
गुप्ताले निर्वाचित भएको घोषणा गर्दै भविष्यमा पनि पार्टी र संगठनलाई सशक्त बनाउने दिशामा क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सेवा र विकास निर्माणका क्षेत्रमा समेत सक्रियता देखाउँदै आएका गुप्ताले युवाहरूलाई एकीकृत गर्दै संगठनलाई अझ प्रभावशाली बनाउने लक्ष्य लिएका छन्।
महाधिवेशनले गुप्ताको योगदानको मूल्यांकन गर्दै उनलाई पुनः नेतृत्वमा ल्याउनुले संगठनमा अनुभवी युवाको भूमिकालाई सम्मान गरिएको संकेत दिएको छ।






