Categories समाचार

बर्दिबासबाट १५७ किलो गाँजासहित दुई युवक पक्राउ

Advertisement

महोत्तरी l महोत्तरीको बर्दिबासबाट १५७.९ किलो गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो करिब १२:३० बजे बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिकै पूर्वतर्फ जाँदै गरेको बा ११ च ३४९४ नम्बरको सेतो स्कारपियो गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, डिएसपी शैलेन्द्र कुमार भट्टका अनुसार गाँजा गाडीभित्र प्लास्टिकमा बेरिएको अवस्थामा लुकाएर राखिएको थियो। प्रहरीले चेकजाँच गर्दा ३० वटा पोका फेला परेका हुन्, जसको कुल तौल १५७ किलो ९ सय ग्राम रहेको छ।

Advertisement

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–५ पर्कोलीका ३५ वर्षीय लालबाबु साह र हरिवन नगरपालिका–३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियार रहेका छन्।

गाँजा, स्कारपियोसहित पक्राउ परेका दुबै जनामाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *