Categories समाचार

“श्रमको सम्मान, राष्ट्रको अभियान” बीरगंजमा सार्थक कार्यान्वयन

Advertisement

बीरगंज । “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बीरगंज महानगरपालिकाले एक विशेष श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको छ।

बुधबार महानगरको वडा नं. ३० मा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता वडाध्यक्ष मनोज यादवले गरेका थिए भने नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

Advertisement

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, अतिथि राज ताम्राकार तथा कार्यक्रम संयोजक सुरज गुप्ता रहेका थिए।

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत श्रमिकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई गम्छा र माला लगाई सम्मान गरिएको थियो।

कार्यक्रमले न्यूनतम रोजगार सुनिश्चित गर्ने र श्रमिकहरूलाई आत्मसम्मानका साथ बाँच्न प्रेरित गर्ने उद्देश्य राखेको छ। “न्यूनतम रोजगार, नागरिकको अधिकार” भन्ने मूल नाराले जनताको रोजगारी अधिकारप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट संकेत गरेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार, महिला समूह तथा श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा संयोजक सुरज गुप्ताले श्रमको मर्यादा स्थापित गर्दै यस्ता कार्यक्रमले श्रमिक वर्गप्रतिको सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *