Categories खेलकुद

‘मारवाडी प्रिमियर लिग’ को ग्रान्ड फाइनल भव्य रूपमा सम्पन्न

बिरगंज । ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा तथा मारवाडी युवा मञ्चको सहकार्यमा सम्पन्न ‘मारवाडी प्रिमियर लिग’ (एमपीएल) को ग्रान्ड फाइनल खेल भव्य रूपमा सम्पन्न भएको छ।

फाइनल खेलमा Titan 11 र Birgunj Bashers बीच प्रतिस्पर्धा भएको थियो। Titan 11 ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनाएको थियो। उक्त लक्ष्य Birgunj Bashers ले मात्र ४ विकेटको क्षतिमा सहजै पूरा गर्दै ६ विकेटले जित हासिल गर्‍यो।

Advertisement

प्रतियोगितामा उपविजेता बनेको टिम Titan 11 ले नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ भने विजेता टिम Birgunj Bashers ले नगद २ लाख ५१ हजार रुपैयाँसहित विजेता शिल्ड प्राप्त गरेको छ।

Advertisement

विजेता ट्रफी तथा पुरस्कारहरू बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा खेलाडीहरूलाई प्रदान गरिएको थियो। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बिरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णसहित अन्य विशिष्ट अतिथि, खेलप्रेमी तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै समुदायमा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गरेको आयोजक संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *