Categories समाचार समाज

मानवसेवा आश्रम वीरगञ्जको ८ औं वार्षिकोत्सव : सेवा र समर्पणको सफल यात्रा

Advertisement

वीरगञ्ज । मानवसेवा आश्रम, वीरगञ्ज शाखाले आफ्नो ८ औं वार्षिकोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

संस्थाले विगत ८ वर्षको सेवायात्रामा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सबै सहयोगी, शुभेच्छुक तथा मानवसेवाप्रेमीप्रति आभार व्यक्त गरेको छ।

Advertisement

संस्थाका संस्थापक तथा सामाजिक अभियन्ता देवेश प्रसाद ‘मानवसेवा’ ले एक सन्देशमार्फत् मानवता र सेवाको मार्गमा निरन्तर साथ दिइरहनुहुने सबैलाई धन्यवाद दिँदै “जय मानवसेवा – जय मानवता” भन्ने नारा प्रस्तुत गरेका छन् ।

Advertisement

सन्देशमा भनिएको छ, “हामी केही हप्तापछि वार्षिकोत्सवको भव्य समारोह आयोजना गर्ने तयारीमा छौं। समारोहको मिति तय भएपछि जानकारी गराइनेछ।”

मानवसेवा आश्रमले समाजका असहाय, बेसहारा तथा विपन्न वर्गका व्यक्तिहरूको सेवामा समर्पित भई सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *