Categories समाचार

गणतन्त्र दिवसमा कारागारभित्र चेतनाको उत्सव: १४० जनाले गरे रक्तदान

Advertisement

वीरगञ्ज l गणतन्त्र दिवसलाई बाहिरी दुनिया जस्तै भित्री पर्खालपछिका जीवनले पनि अर्थ दिएको छ। वीरगञ्जस्थित कारागार कार्यालयमा एक दुर्लभ र उदाहरणीय रक्तदान कार्यक्रम सम्पन्न भयो, जसमा कैदी, थुनुवा, महिला कैदी, सशस्त्र प्रहरी र अन्य कर्मचारी गरी कुल १४० जनाले रक्तदान गरे।

डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठान र प्रभु हस्पिटलको संयुक्त आयोजनामा आयोजित यो कार्यक्रम “गणतन्त्र जनताबाट, जनताकै लागि” भन्ने आदर्शसँग मेल खाने खालको बन्यो।

Advertisement

रक्तदान कार्यक्रममा कारागारलाई मात्र सजायको थलो नभई सुधार र सामाजिक योगदानको थलो बनाउने सोच झल्किएको देखियो।

Advertisement

साझा जिम्मेवारीमा सबैको सहभागिता

रक्तदानमा महिला कैदीहरू समेत सहभागी भए भने, सशस्त्र प्रहरी, कारागार प्रशासन र अन्य अतिथिहरूले सक्रिय भूमिका खेले।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंह, प्रभु हस्पिटलकी सञ्चालिका लक्ष्मी थापा, नायब उपरीक्षक सुवर्ण पोखरेल, कारागार कार्यालयका निमित्त प्रमुख रुपक मण्डल लगायतको उपस्थिति थियो।

कार्यक्रमका संयोजक दिलिप राज कार्कीका अनुसार, “कारागारभित्र रहेका व्यक्तिहरूलाई समाजप्रतिको उत्तरदायित्वबोध गराउनु हाम्रो उद्देश्य हो।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *