Categories समाज

शिक्षक संगठन पर्साले फलफूल वितरण गरेर मनायो गणतन्त्र दिवस

Advertisement

बीरगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साले १८औँ गणतन्त्र दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा फलफूल वितरण गरी दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ।

बिहीवार सम्पन्न उक्त कार्यक्रममा नेकपा (एमाले) पर्साका सचिव महेश दास प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका सचिव विनोद गिरी, संगठनका पूर्वअध्यक्ष शिवनाथ प्रसाद थारु, वर्तमान पदाधिकारी तथा अन्य शिक्षक नेताहरूको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा बोल्दै वक्ताहरूले गणतन्त्र स्थापनामा शिक्षक समुदायको भूमिका उल्लेखनीय रहेको र समाज रूपान्तरणमा शिक्षाले खेलेको भूमिकालाई अझ सशक्त बनाउनु पर्ने धारणा राखे। उनीहरूले गणतन्त्र दिवस केवल उत्सवको रूपमा मात्र नभई समाजमा परिवर्तन ल्याउने प्रेरणाको स्रोतका रूपमा लिनुपर्नेमा जोड दिए।

Advertisement

मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धा र असहाय नागरिकहरूलाई फलफूल वितरण गर्दै संगठनले समाजप्रतिको दायित्व निर्वाह गरेको जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता सामाजिक कार्यले शिक्षकहरूको मानवीय मूल्य र चेतनशीलताप्रतिको प्रतिबद्धता झल्काउने बताएका थिए।

उक्त कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका उपाध्यक्ष रेयाज देवानले गर्नुभएको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संगठनका पदाधिकारीहरूले दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *