Categories समाचार

शनिबार वीरगञ्जका दुई क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

Advertisement

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत वीरगञ्ज वितरण केन्द्रले मर्मत तथा सुधार कार्यका लागि शनिबार दुईवटा क्षेत्रको विद्युत सेवा फरक-फरक समयमा अवरुद्ध हुने जानकारी गराएको छ।

प्राधिकरणका अनुसार पहिलो चरणमा पावरहाउस, घण्टाघर, आदर्शनगर, लिंक रोड, भानु चौक, ब्रम्ह चौक, प्रतीमा चौक र गौतम स्कूल क्षेत्रहरूमा जेष्ठ १७ गते शनिबार बिहान ७ बजेबाट १०:०० बजेसम्म विद्युत सेवा बन्द हुनेछ। सो अवधिमा ११ केभी डिस्ट्रीब्युसन स्विच गियर मर्मत तथा रिले टेस्टिङको काम गरिने जनाइएको छ।

Advertisement

त्यसपछि दोस्रो चरणमा मुख्य सबस्टेशनको सुधारको कामका लागि सोही दिन बिहान ११ बजेबाट साँझ ६ बजेसम्म परवानिपुर ग्रिडबाट प्रशारण हुने क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ।

Advertisement

प्राधिकरणले उपभोक्ताहरूलाई वैकल्पिक व्यवस्था गर्न अनुरोध गर्दै असुविधाका लागि क्षमायाचना जनाएको छ। मर्मत कार्य सम्पन्न भएपछि सम्बन्धित क्षेत्रमा पुनः विद्युत आपूर्ति नियमित गरिने जानकारी समेत दिइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *