Categories समाज

वीरगञ्ज कपडा बैंकद्वारा घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज l वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको ऐतिहासिक स्थल घण्टाघरमा आयोजित विशेष कार्यक्रममार्फत नि:शुल्क कपडा वितरण गरेको छ। आर्थिक रूपमा विपन्न तथा असहाय नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ७५० थान नयाँ तथा पुराना लुगा वितरण गरिएको संस्थाका सचिव कन्हैया पटेलले जानकारी दिए।

प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि साँझ ५ बजेसम्म वीरगञ्ज–८ स्थित संस्थाको कार्यालयबाट नियमित रूपमा नि:शुल्क कपडा वितरण गर्दै आइरहेको कपडा बैंकले महिनैपिच्छे विशेष स्थानमा वितरण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

Advertisement

कार्यक्रम वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बैंकका संरक्षक एवं वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मी थिए भने विशिष्ट अतिथि वडा नं. ९ का वडा अध्यक्ष जवाहरप्रसाद गुप्ता रहेका थिए।

Advertisement

कार्यक्रममा सल्लाहकारका रूपमा समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्याय, बीपीएस स्कुलका प्रिन्सिपल दीपक पटेल, सतिश सिंह राजपूत, हुकुम सिंह राजपूत तथा युवा अभियन्ता अभिलाष गुप्ता, रूपशिला देवी, शतिश सिंह राजपूत, केदार गुप्ता, राजेन्द्र भट्टराई, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, कोषाध्यक्ष मनोज मिश्रा, युवा नेता ओमप्रकाश सर्राफ, सदस्यहरू जानकी देवी, नवराज भट्टराई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो संग धेरै छ उसले दिनुस्, जसलाई आवश्यक छ उसले लिनुस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले विगत ६ वर्षदेखि पीडित, विपन्न तथा असहाय नागरिकहरूलाई सेवा प्रदान गर्दै आएको उल्लेख गरे। उनले आगलागी, बाढी जस्ता प्राकृतिक विपत्तिका बेला समेत पीडितहरूको घरमै पुगेर कपडा तथा अन्य सामग्री वितरण गर्दै आएको जानकारी दिए।

अध्यक्ष लालबाबू सिंहले मानवीय सेवाभाव नै सर्वोत्तम धर्म भएको उल्लेख गर्दै सबैलाई आ–आफ्नो स्थानबाट समाज सेवामा लाग्न अनुरोध गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति आभार प्रकट गरे।

यसरी वीरगञ्ज कपडा बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको उदाहरणीय कार्यले समृद्ध र समवेदनशील समाज निर्माणतर्फ टेवा पुर्‍याएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *