Categories पत्रपत्रिका

उपचार खर्च तिर्न नसक्दा १ महिनादेखि बिराट नर्सिङ होमममै बिरामी ‘बन्धक’

Advertisement

राजविराज l नगरपालिकाको गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक किशोरको उपचारबापतको खर्च अस्पताललाई बुझाउन नसक्दा विगत एक महिनादेखि डिस्चार्ज हुन नपाएको भन्दै उनका आफन्त तथा स्थानीयले बुधबारदेखि राजविराज नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।

आफन्तद्वारा नगरपालिकामा अनिश्चितकालीन धर्ना सुरु

Advertisement

सप्तरीको बोदेबर्साइन नगरपालिका–१ निवासी १६ वर्षीय राजेशकुमार यादव गत १ माघमा राजविराज नगरपालिकाको स १ झ ४८१ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका थिए । घरबाट बजारतर्फ जाँदै गरेको अवस्थामा राजविराजबाट जनकपुरतर्फ गइरहेको सो गाडीले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए ।

Advertisement

हात र खुट्टा भाँचिनुका साथै टाउकामा गम्भीर चोट लागेका उनलाई प्रहरीले उपचारका लागि सोही दिन विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गराएको थियो ।

बिदाका दिन जनकपुरतर्फ जाँदै गरेको सो गाडीमा राजविराज नगरपालिका–२ का वडाध्यक्ष अरुण यादवसहितका केही व्यक्ति सवार रहेको र यादवलाई ठक्कर दिएपछि सो गाडी तत्कालै त्यहाँबाट भागे पनि ५ किलोमिटर टाढा बेवारिसे अवस्थामा प्रहरीले गाडी फेला पारेको थियो ।

सो गाडी भने चालक विनोद साहले चलाइरहेको नगरपालिका स्रोतले जनाएको छ । उपचारका क्रममा ९२ दिनपछि होसमा आएका छोराको उपचारबापतको २५ लाखमध्ये नगरपालिकाले अहिलेसम्म २ लाख रूपैयाँ मात्र दिएको बुबा रघुनाथ यादवको भनाइ छ ।

२३ लाख रूपैयाँ थप बुझाउन नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको र बाध्य भई धर्नामा बस्नुपरेको उनले सुनाए । नगरपालिकाले विभिन्न बहाना देखाउँदै थप रकम दिन आलटाल गर्ने गरेको र आफूसँग त्यति धेरै रकम तिर्ने हैसियत नहुँदा छोरालाई घर ल्याउन नसकिएको उनले लाचारी सुनाए । उनले उपचार खर्च तिर्न नसक्दा छोरा अस्पतालमा ‘बन्धक’ बनेको भन्दै नगरपालिकाले उपचार खर्च नतिरेसम्म धर्ना जारी राख्ने अडानसमेत व्यक्त गरेका छन् ।

बोदेबर्साइन नगरपालिकाबाट बालकका आफन्तसहित करिब सय जनाको संख्यामा आएका स्थानीयले नगरपालिका कार्यालयको मूल गेटमै धर्ना कार्यक्रम सुरु गरेका छन् ।

लगातार पाँच दिनदेखि विभिन्न माग राखी सरसफाइकर्मीले काम छाडेर नगरपालिकामा सुरु गरेको धर्ना कार्यक्रम फिर्ता लिएको दुई दिन नबित्दै पुनः अर्का पीडित पक्षले धर्ना सुरु गरेपछि नगरपालिकाको सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *