Categories समाचार

नारायणी अस्पतालमा अन्धकार, बिरामी मृत्युको मुखमा

Advertisement

वीरगन्ज । नारायणी अस्पतालको सघन उपचार कक्ष (ICU) र कार्डियाक केयर युनिट (CCU) मा गएराति १० बजेपछि अचानक सर्ट सर्किटका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको छ। अक्सिजन तथा जीवनरक्षक उपकरणमा निर्भर १७ जना बिरामीको ज्यान जोखिममा परेको छ।

विद्युत् अवरोध भएको झन्डै तीन घण्टासम्म ICU र CCU मा अत्यन्तै चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो। प्रचण्ड गर्मी र उपकरण सञ्चालन नहुनुका कारण बिरामी र उनीहरूका आफन्तहरू अत्यन्त तनावमा परेका थिए।

Advertisement

घटनाको बेलामा अस्पताल प्रशासन सम्पर्कविहीन रह्यो भने मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दास निद्रामै रहेको कुरुवाहरुले आरोप लगाए। विद्युत् अवरोधबारे अस्पतालका निमित्त मेसु डा. चितरन्जन साहसमेत अनविज्ञ रहेको जनाइएको छ।

Advertisement

उक्त अवस्था देखेर बिरामीका कुरुवाहरू आक्रोशित बनेका थिए। उनीहरूले अस्पताल प्रशासन बिरामीको ज्यानसँग खेलबाड गरिरहेको आरोप लगाएका छन्। त्यसमाथि मेसुका तर्फबाट बिरामीलाई अन्य अस्पतालमा लैजान दबाब दिइएको बताइएको छ।

“हामी कहाँ लैजाने बिरामीहरूलाई? रातको समय, निजी अस्पतालमा ठाउँ छैन, पैसा पनि छैन, यहाँका डाक्टर भने भन्छन् बाहिर लैजाऊ,” एक जना कुरुवाले रोष पोख्दै भने।

सार्वजनिक अस्पतालमा यस्तो संवेदनशील अवस्थामा प्रशासनको गैरजिम्मेवारपनप्रति वीरगन्जबासी आक्रोशित बनेका छन्। उनीहरूले अस्पतालका मेसु र विकास समितिका अध्यक्ष कहाँ हराए भन्ने प्रश्न उठाउँदै, तुरुन्त स्थिति सुधार गर्न माग गरेका छन्।

लगभग तीन घण्टा पछि मात्र विद्युत् आपूर्ति पुनः सुचारु भएको र त्यसपछि बिरामीले केही राहत पाएको अस्पताल स्रोतले जनाएको छ। तर यस्तो गम्भीर घटनाले नारायणी अस्पतालको सेवा प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *