Categories समाचार

र्सिसियामा किशोरीसँग मेयर सिंहको संवाद : शिक्षामा सबैको पहुँच प्राथमिकता

Advertisement

वीरगञ्ज । “सबैको पहुँचमा शिक्षा” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आज वीरगञ्ज–२५ र्सिसियाका किशोरीहरूसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा प्रमुख सिंहले किशोरीहरूको शिक्षा, स्वास्थ्य र समग्र सशक्तीकरणका विषयमा गम्भीर चासो व्यक्त गर्दै महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने स्पष्ट पार्नुभयो। उहाँले किशोरीहरूको हक अधिकार र उनीहरूको क्षमता विकासका लागि स्थानिय तहबाटै प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, प्रमुख सिंहका प्राविधिक सल्लाहकार प्रकाश अमात्य, प्रेस सल्लाहकार नवराज फुयाँल, नेता प्रेमबाबु पटेल लगायत स्थानिय युवा, समाजसेवी तथा अगुवा व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रमको क्रममा किशोरीहरूले आफ्ना विचार, समस्याहरू तथा चाहनाहरू साझा गरेका थिए। प्रमुख सिंहले ती सुझावहरूलाई गम्भीरतापूर्वक लिनुका साथै आगामी नीतिगत योजनामा समावेश गरिने आश्वासन दिनुभयो।

यो कार्यक्रम किशोरीहरूबीच आत्मबल वृद्धि गर्ने, नेतृत्व क्षमताको विकास गर्ने तथा उनीहरूलाई समाजमा सक्रिय भूमिकाको लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *