Categories समाचार

विष सेवनबाट सांसद देवकोटाका श्रीमान् गम्भीर अवस्थामा

वीरगञ्ज । नेकपा एमालेकी समानुपातिक सांसद निर्मला देवकोटाका श्रीमान् कुमार कोइराला विष सेवनपछि गम्भीर अवस्थामा नारायणी अस्पताल, वीरगञ्जमा उपचाररत छन्। अस्पताल स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक छ र मृगौलामा समेत समस्या देखिएको छ।

गत जेठ १० गते (शनिबार) घरायसी विवादका कारण कोइरालाले अज्ञात प्रकारको विषादी सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले जनाएको छ।

Advertisement

विष सेवनपछि उनी अचेत अवस्थामा पुग्दै गएका थिए र तत्कालै नारायणी अस्पतालको आइसियु कक्षमा भर्ना गरिएको थियो।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानले कोइरालाले घरेलु विवादका कारण आत्महत्या प्रयास गरेको संकेत दिएको छ।

हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *