Categories स्वास्थ्य

समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निःशुल्क आँखा शिविर सम्पन्न

Advertisement

वीरगञ्ज । समृद्ध नेपाल फाउण्डेसनको आयोजनामा शनिबार बाराको नकटुवा गाउँमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ। शिविरमा एक सय चालीस जनाको आँखाको परीक्षण गरिएको फाउण्डेसनले जानकारी दिएको छ।

फाउण्डेसनका अध्यक्ष सुरजकुमार सर्राफका अनुसार, नकटुवामा बसोबास गर्ने सर्वसाधारणलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो। “शिविरका क्रममा ४० जना मोतियाविन्दुका बिरामीहरू पहिचान भएका छन्,” अध्यक्ष सर्राफले बताए, “ती बिरामीहरूको शल्यक्रिया वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहकार्यमा निःशुल्क रूपमा गरिनेछ।”

Advertisement

विश्रामपुर गाउँपालिकाकी कार्यपालिका सदस्य रागिनी कुमारीले स्थानीयवासीले घरआँगनमै आँखा उपचार सेवा पाउनु सुखद अनुभूति भएको बताउँदै फाउण्डेसनप्रति आभार व्यक्त गरिन्।

Advertisement

शिविर कार्यक्रम वीरगञ्ज सामुदायिक आँखा अस्पताल तथा समाजसेवी किशन सर्राफको सहयोगमा सञ्चालन गरिएको थियो। कार्यक्रममा फाउण्डेसनका कोषाध्यक्ष तहीर अहमद पनि उपस्थित थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *