Categories समाचार

PAN मधेश प्रदेशको दोस्रो प्रदेशसभा सम्पन्न, वीरगन्जका नगरप्रमुख सम्मानित

Advertisement

वीरगन्ज । प्रधानाध्यापक संघ नेपाल (PAN) मधेश प्रदेशद्वारा जनकपुरमा आयोजित “दोस्रो प्रदेशसभा २०२५” मा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई विशेष सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका आयोजक PAN का अनुसार, वीरगन्ज महानगरपालिकाले नगरको शैक्षिक क्षेत्रको उत्थानमा पुर्‍याएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नगरप्रमुख सिंहलाई सम्मान गरिएको हो।

Advertisement

कार्य व्यस्तताका कारणले नगरप्रमुख सिंह स्वयं कार्यक्रममा उपस्थित हुन नसकेका कारण सो सम्मान नगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले ग्रहण गर्नुभएको थियो।

Advertisement

नगरप्रमुख सिंह तथा वीरगन्ज महानगरको समग्र टोलिलाई यस गौरवपूर्ण सम्मानप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

त्यस्तै कार्यक्रममा सुन्दरमल्ल रामकुमार कन्या माध्यमिक विद्यालयकी गीता खनाललाई नगद रु. ५,००० सहित मधेश प्रदेशकै उत्कृष्ट बाल विकास शिक्षकको रुपमा सम्मानित गरिएको छ।

साथै, सिन्दुरिया माई आधारभूत विद्यालय लक्षुमनवाका श्री प्रदीप कुमार गुप्तालाई मधेश प्रदेशका उत्कृष्ट PTA अध्यक्षको रुपमा सम्मान गरियो।

सम्मानित सबै व्यक्तित्वहरूलाई प्रधानाध्यापक संघ नेपाल (PAN) तथा सम्पूर्ण शैक्षिक समुदायद्वारा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *