Categories समाचार

राजसंस्था पक्षधरसँग सरकार डरायो: लिङ्देन

Advertisement

काठमाडौं l राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुसँग सरकार डराएको बताएका छन्।

पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यसअघि निषेधित क्षेत्र नभएका ठाउँहरूमा पनि राजसंस्थावादी शक्तिहरूको आन्दोलनपछि निषेधित क्षेत्र तोकिनुले सरकार डराएको पुष्टि हुने बताएका हुन्।

Advertisement

‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्नेकुराको प्रमाण हो,उनले भने।

Advertisement

उनले आन्दोलना जनसहभागिता उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको पनि जानकारी दिए।

‘हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। हामीलाई यसले उत्साहित तुल्याएको छ, उनले भने। आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि उनले बताए।

अध्यक्ष लिङदेनले जेठ १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको पनि बताए।-न्युज एजेन्सी नेपाल

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *