Categories समाचार

स्थानीय भाषाको प्रवर्द्धनका लागि वीरगञ्जमा अभियान, विद्यालयहरूलाई सहभागी हुन आग्रह

वीरगञ्ज । मातृभाषा संरक्षण र प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले “आफन भाषा आपन पहिचान” नामक भाषा प्रचार अभियानमा सक्रिय सहभागिता जनाउन नगरका विद्यालयहरूलाई अनुरोध गरेको छ।

भोजपुरी प्रतिष्ठान, वीरगञ्जको पहलमा सञ्चालन हुन लागेको यस अभियानमार्फत स्थानीय भाषाको प्रयोग, महत्त्व र पहिचानबारे जनचेतना फैलाउने लक्ष्य लिइएको छ।

Advertisement

शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा उक्त अभियानमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समन्वय र सहकार्यका लागि औपचारिक अनुरोध गरिएको छ।

Advertisement

भाषिक विविधताको संरक्षण र स्थानीय संस्कृतिप्रतिको सम्मान अभिवृद्धि गर्ने हेतुले सञ्चालित यस अभियानले विद्यार्थीहरूमा भाषिक चेतना विकास गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *