Categories समाचार

शारदा मा.वि. बहुअरीमा सरसफाइ अभियानबाट कार्यक्रमको सुरूवात

Advertisement

वीरगन्ज । विश्व वातावरण दिवस २०८२ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपाल र श्री शारदा माध्यमिक विद्यालय, बहुअरीको संयुक्त आयोजनामा पाँच दिने वातावरणीय कार्यक्रमको शुभारम्भ विद्यालय प्राङ्गण सरसफाइबाट गरिएको छ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा वीरगन्ज महानगरपालिका–२४ का वडा अध्यक्ष विजय कुर्मी, वडा–२६ का अध्यक्ष शम्भु मिश्र, विद्यालय व्यवस्थापन समिति सदस्य हफिस मिया, श्यामसुन्दर कुशवाहा, विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, शिक्षक यज्ञराज सापकोटा, सहसचिव अभिनाश झा, कपडा बैंक अध्यक्ष लालबाबु सिंह, सदस्य भोला प्रसाद, साबिर अन्सारी लगायत शिक्षक, कर्मचारी तथा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

Advertisement

वडा अध्यक्ष मिश्राले वातावरण संरक्षणलाई जीवनशैलीमा रुपान्तरण गर्नु आवश्यक रहेको औँल्याउँदै प्रकृतिको सेवा हाम्रो दायित्व भएको बताए। वडा अध्यक्ष कुर्मीले वृक्षारोपण, सरसफाइ र प्लास्टिकको न्यूनतम प्रयोगमार्फत प्रकृतिप्रतिको सम्मान प्रकट गर्न सबैलाई आग्रह गरे।

विद्यालयका प्रधानाध्यापक वर्णवालले प्रकृतिविनाको जीवन असम्भव भएकाले प्रत्येक व्यक्तिले कम्तिमा सात रुख रोपी संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सम्पूर्ण सहभागीहरूलाई प्रकृतिप्रति सचेत र जिम्मेवार बन्न आह्वान गरे।

संस्थापक अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगन्ज; प्लास्टिक झोला र प्रदूषण मुक्त शहर” भन्ने मूल उद्देश्यसहित प्रकृति सेवा प्रतिष्ठानले २० वर्षदेखि वातावरण संरक्षणमा क्रियाशील रहँदै आएको जानकारी गराए। उनले यस वर्षको कार्यक्रम अन्तर्गत सरसफाइ, जनचेतना, साइकल र्‍याली, वृक्षारोपण, कवि गोष्ठी लगायतका विविध कार्यक्रम मार्फत वातावरणीय सन्देश फैलाउने उद्देश्य रहेको बताए।

कार्यक्रम जेठ १८ देखि २२ गतेसम्म बिहान ६ बजेबाट विभिन्न क्रियाकलाप सहित सञ्चालन हुनेछ। विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय मिया र कुशवाहाले प्रकृतिप्रति सजग र सम्मानित व्यवहार गर्न सबैलाई आग्रह गरे।

प्रकृति सेवा प्रतिष्ठानले आयोजना गरेको यो अभियानले वातावरणप्रति जनचेतना फैलाउँदै सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *