Categories समाचार समाज

नौतन चोकबाट मानसिक अवस्था कमजोर भएको एकजना पुरुषको उद्धार

बारा । बारा जिल्लाको नौतन चोकबाट मानसिक अवस्था कमजोर रहेका एकजना पुरुषलाई मानव सेवा आश्रम, वीरगञ्ज शाखाले उद्धार गरेको छ।

आइतबार दिउँसो २:३० बजे गरिएको उक्त उद्धारमा अन्दाजी ४५ वर्षीय पुरुष, जसले आफूलाई ठाकुरजी भनी चिनाएका थिए, मानव सेवा आश्रम वीरगञ्ज पुर्‍याइएको हो।

Advertisement

आश्रममा पुर्‍याइएपछि उहाँलाई सरसफाइ गरी नुहाइ–धुवाइ गराइएको छ र हाल डा. भरत गोईज्यूको निगरानीमा औषधोपचार भइरहेको छ।

Advertisement

उद्धार कार्यमा मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता तथा अभिभावक प्रकाश थारु, इलाका प्रहरी कार्यालय पर्सौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरी समसुल मिया धोबी तथा स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

मानव सेवा आश्रमले समाजमा आश्रयहीन, असहाय र बेवारिसे अवस्थाका व्यक्तिहरूको उद्धार र पुनर्स्थापनाको कार्य गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *