पर्सा । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि पर्सा जिल्लाभित्रका १४ वटा स्थानीय तहलाई विभिन्न शीर्षकमा गरी ५ अर्ब १७ करोड ३७ लाख रुपैयाँ अनुदान दिने भएको छ।
अनुदान समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमार्फत प्रदान गरिनेछ।
अनुदान रकम वितरणमा हेर्दा गाउँपालिकाहरूले नगरपालिकाहरूभन्दा बढी हिस्सा पाएका छन्।
जिल्लाका दश गाउँपालिकालाई २ अर्ब ७० करोड ११ लाख रुपैयाँ छुट्याइएको छ, जबकि तीन नगरपालिका र एक महानगरपालिकाले क्रमशः १ अर्ब १० करोड २३ लाख र १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ पाउनेछन्।
वीरगन्जले सबैभन्दा धेरै
पर्साको एक मात्र महानगरपालिका वीरगन्जले १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ प्राप्त गर्दै सबैभन्दा ठूलो हिस्सेदारी पाएको छ। यो रकम नगरको समग्र पूर्वाधार तथा विकास योजनामा लगानी गरिने जनाइएको छ।
तीन नगरपालिका, १ अर्ब १० करोड
जिल्लाका तीन नगरपालिकामध्ये सबैभन्दा धेरै पाउनेमा पर्सागढी नगरपालिका (३८ करोड ६६ लाख) अगाडि देखिएको छ। पोखरिया नगरपालिकाले ३६ करोड १२ लाख र बहुदरमाई नगरपालिकाले ३५ करोड ४५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
गाउँपालिकामा सखुवा प्रसौनी अगाडि
दश गाउँपालिकामध्ये सखुवा प्रसौनी गाउँपालिका सबैभन्दा अगाडि रहेको छ, जसले ३५ करोड २६ लाख रुपैयाँ पाउनेछ। त्यसपछिका ठूला अनुदान प्राप्तकर्तामा ठोरी (३२ करोड ४१ लाख), जगरनाथपुर (३१ करोड ४८ लाख) र पटेर्वा सुगौली (२८ करोड ५७ लाख) गाउँपालिकाहरू छन्।
अन्य गाउँपालिकाहरूको अनुदान विवरण यस प्रकार छ:
छिपहरमाई : २७ करोड ५५ लाख
बिन्दबासिनी : २५ करोड १७ लाख
कालिकामाई : २२ करोड ९७ लाख
पकाहा मैनपुर : २२ करोड ६० लाख
जिराभवानी : २२ करोड ४० लाख
धोबीनी : २१ करोड ७० लाख
अर्थ मन्त्रालयका अनुसार यी अनुदानहरू स्थानीय तहका विकास योजना, आधारभूत सेवा, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा प्रशासनिक सुधारमा खर्च गरिनेछन्। सरकारको अपेक्षा छ । यो विनियोजनले सेवा प्रवाहमा सुधार ल्याउनेछ र स्थानीय तहको आत्मनिर्भरता अभिवृद्धि विश्वास लिइएको छ।






