Categories समाचार

निरञ्जन मिश्र रेडक्रस छपकैया उपशाखाको सदस्यमा मनोनीत

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ निवासी निरञ्जन मिश्र नेपाल रेडक्रस सोसाइटी, छपकैया उपशाखाको सदस्य पदमा मनोनीत भएका छन्।

उक्त मनोनयन उपशाखाको २०८२ साल जेठ १७ गते बसेको कार्यसमिति बैठकको निर्णयानुसार रिक्त स्थान पूर्तिका लागि गरिएको हो।

Advertisement

नेपाल रेडक्रस सोसाइटीको विधान (२०औँ संशोधन, २०७४) को दफा ४० बमोजिम मिश्रलाई सदस्य पदमा मनोनीत गरिएको जनाइएको छ।

Advertisement

सोसाइटीले उक्त मनोनयनले संस्थाको गतिविधिमा थप ऊर्जा र गति प्रदान गर्ने अपेक्षा व्यक्त गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *