Categories खेलकुद

विजेता खेलाडीहरूलाई वीरगञ्ज महानगरद्वारा सम्मान तथा रात्री भोज

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरूलाई सम्मान स्वरूप विशेष रात्री भोज कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले स्थानीय तहको खेलकुद विकासमा महानगरपालिकाको निरन्तर प्रतिबद्धता रहेको उल्लेख गर्दै विजेता खेलाडीहरूको हौसला अभिवृद्धि गर्न महानगरले आवश्यक सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे।

Advertisement

सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले खेलाडीहरूलाई अबदेखि आफ्नै महानगरको प्रतिनिधित्व गर्दै खेल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

Advertisement

उहाँले भन्नुभयो, “अहिलेसम्म तपाईंहरू आफ्नो विद्यालय वा क्लबको प्रतिनिधित्व गर्दै खेल्दै आउनुभएको थियो, अबदेखि आफ्नो महानगरको लागि खेल्नुपर्छ। चाँडै नै महानगरले खेलाडीहरूका लागि विशेष पोशाक (ड्रेस) उपलब्ध गराउनेछ, जुन खेलकुद कार्यक्रममा सहभागी हुँदा लगाउनुपर्नेछ।”

कार्यक्रम सञ्चालन महानगर प्रमुख सिंहका प्रेस सल्लाहकार नवराज फुँयालले गर्नुभएको थियो।

कार्यक्रममा शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने, खेलकुद प्रमुख राजिब गिरी, विभिन्न खेल विधाका प्रशिक्षक, खेलाडी, अभिभावक तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

होटेल पुजनमा सम्पन्न कार्यक्रमले वीरगञ्ज महानगरपालिकाको खेलकुदप्रतिको सकारात्मक दृष्टिकोण र भविष्यमा स्थानीय प्रतिभाहरूलाई अझ प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धतालाई उजागर गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *