वीरगंज । वीरगंज–४ मा अवस्थित सुन्दरमलरामकुमार कन्या माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गरिएको छ।
सहयोग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप कुमार केडियाका भतिज शिव केडियाको तर्फबाट गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय प्रमुख अनीता कुमारी साहले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका हुने बताइन्।
यस्ता सहयोगले छात्राहरूको सहभागिता र सक्रियता बढाउने विश्वास व्यक्त गर्दै उनले भविष्यमा पनि यस्तै साथ–सहयोगको अपेक्षा रहेको उल्लेख गरिन्।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष जगतसाह कानु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू नईम मियाँ धुनिया, राजन कुमार कुशवाहा, महिला सदस्य किरण देवी डोम, शिक्षक प्रतिनिधि अन्नपूर्णा मानन्धर, सह–प्रधानाध्यापक लक्ष्मी सिंह, विद्यालयका शिक्षक–शिक्षिका तथा छात्राहरूको उल्लेखनीय उपस्थिति थियो।
विद्यालय परिवारले प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले छात्राहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।








