Categories अन्तर्राष्ट्रिय

भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे

Advertisement

काठमाडौँ । पाकिस्तानको कराँचीस्थित मालिर जेलका २१३ कैदी मागेका छन् ।जियो न्यूजका अनुसार ८० कैदीलाई पुन पक्राउ गरिएको छ भने बाँकी कैदीको खोजी कार्य भइरहेको छ ।

घटनाको क्रममा भएको गोलीबारीमा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी घाइते भएका छन् ।कराँचीमा गए राति धेरै भूकम्पका झट्का महसुस गरिएको अवस्थामा यो घटना भएको बताइएको छ ।

Advertisement

भूकम्पको झट्काले कैदीहरूमा त्रास फैलिएपछि उनीहरू जेल तोडेर भागेको मिडिया रिपोर्टमा उल्लेख छ ।जेलको सुरक्षा प्रशासनले एक हजारदेखि १५ सय कैदी ढोकामा आएपछि सम्हाल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *