Categories समाचार

राजतन्त्र पुनः स्थापनाको माग गर्दै सुरु गरिएको आन्दोलनको पहिलो चरण सम्पन्न

Advertisement

काठमाडौँ । राजतन्त्र पुनः स्थापनाको माग गर्दै सुरु गरिएको आन्दोलनको पहिलो चरण मङ्गलवार सम्पन्न भएको घोषणा गरिएको छ।

संयुक्त जनआन्दोलन समितिको आह्वानमा एक साता अघि सुरु भएको यो आन्दोलन सरकारको हस्तक्षेप र दमनका बाबजुद उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकहरूको दाबी छ।

Advertisement

समितिका संयोजक नवराज सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा आन्दोलनमा सहभागी सम्पूर्ण स्वाभिमानी नेपाली नागरिकप्रति आभार व्यक्त गरिएको छ।

Advertisement

विज्ञप्तिमा आन्दोलनप्रति देखाइएको समर्थनलाई ऐतिहासिक बताउँदै सरकारले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाइएको छ।

समितिले आन्दोलनको पहिलो चरणको समीक्षा तथा दोस्रो चरणको रणनीति तय गर्न जेठ २१ गते बुधवार दिउँसो २ बजे नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बैठक बोलाएको छ।

उक्त बैठकमा समितिमा आवद्ध ४४ वटा राजनीतिक दल, अभियान र समूहका प्रतिनिधिहरू सहभागी हुने संयोजक सुवेदीले जानकारी दिएका छन्।

आन्दोलनको दोस्रो चरण कस्तो हुने भन्नेबारे थप जानकारी उक्त बैठकपछि सार्वजनिक गरिने बताइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *