Categories समाचार

प्रकृति सेवा प्रतिष्ठान नेपालद्वारा लगातार चौथो दिन सचेतनामूलक कार्यक्रम सञ्चालन

Advertisement

वीरगञ्ज । विश्व वातावरण दिवस २०८२ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा बुधवार साइकल र्यालीको आयोजना गरी जनचेतना फैलाएको छ।

पाँच दिने वातावरणीय सचेतना अभियानको चौथो दिन सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणको सन्देश सम्प्रेषण गरेको छ।

Advertisement

कार्यक्रमको प्रमुख अतिथि समाजसेवी प्रकाश उपाध्याय तथा प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा र्याली सञ्चालन गरिएको थियो। कार्यक्रममा श्री शारदा माविका प्रधानाध्यापक अनिल वर्णवाल, प्रतिष्ठानका सहसचिव अविनाश झा, सदस्यहरू भोला प्रसाद, केदार गुप्ता तथा बहुअरीस्थित श्री शारदा विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थी तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुर्लीका २७ विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो।

Advertisement

र्याली हरपतगन्ज, सुगौली, अठराहा सुगौली, ड्राइपोर्ट हुँदै पुनः शारदा विद्यालयमै समापन गरिएको थियो।

सो अवसरमा प्रमुख अतिथि उपाध्याय, अध्यक्ष सिंह र प्रधानाध्यापक वर्णवालले संयुक्त रूपमा हरियो झण्डा देखाएर साइकल र्यालीको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि उपाध्यायले जन्मदेखि मरणसम्म वातावरणले मानिसलाई निशुल्क जीवनदायिनी सेवा उपलब्ध गराउने भएकाले वातावरणको संरक्षण, सम्मान र सम्बर्द्धन गर्नु सबैको दायित्व भएकोमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै प्रतिष्ठान र विद्यालय परिवारलाई धन्यवाद तथा बधाई पनि दिनुभयो।

अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला रहित शहर”, “प्रदूषण मुक्त वीरगञ्ज”, “धरतीलाई बचाऔं, वातावरणलाई जोगाऔं” भन्ने मुल मन्त्र आत्मसात् गर्दै प्रतिष्ठानले निरन्तर रूपमा वातावरणीय जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। विगत तीन दिनदेखि सरसफाइ कार्यक्रम सञ्चालन गरिएको र आज चौथो दिन साइकल र्यालीमार्फत जनचेतना फैलाइएको उहाँले बताए।

कार्यक्रमको समापनमा अध्यक्ष सिंहले सहभागी विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा प्रतिष्ठानका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले वातावरणप्रति जनमानसमा सकारात्मक सोच र जिम्मेवारी बोध गराउने विश्वास व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *