वीरगञ्ज । वीरगञ्जस्थित जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा अनिता महतो, लालमुनी महतो, पूजा कुमारी साह, इन्दु देवी, बबिता देवी, सुदामा देवी, अर्चना चौधरी, रोमा चौधरी, सुगन्धी देवीलगायत महिलाहरूले पार्टीको सदस्यता ग्रहण गरेका हुन्।
उनीहरूलाई जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्य रम्भा मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, महिला जिल्ला अध्यक्ष अन्जना गुप्तालगायत नेताहरूले औपचारिक रूपमा पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरे।
कार्यक्रममा क्षेत्र नं. १ का अध्यक्ष गगनदेव यादव, महानगर उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, महानगर युवा अध्यक्ष संजय सिंह, जिल्ला सदस्य नागेन्द्र यादव र नेता नितम गिरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
जिल्ला अध्यक्ष सरार्फका अनुसार, वीरगञ्जका विभिन्न क्षेत्रका सामाजिक कार्यकर्ताहरूको नेतृत्वमा सयौं युवाहरूलाई समेट्दै निकट भविष्यमा जनमत प्रवेश कार्यक्रम आयोजना गरिने तय भइसकेको छ।
कार्यक्रमले जनमत पार्टीप्रतिको जनविश्वास बढ्दै गएको पुष्टि गरेको सहभागीहरूको भनाइ थियो। महिलाहरूको सहभागिता र नेतृत्वले पार्टीलाई अझ जनमुखी, समावेशी र सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।






