Categories समाचार

भारतबाट फर्किएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार, भारतका विभिन्न शहरबाट गौरीफान्टा नाका हुँदै स्वदेश फर्किएका ३६ जनाको परीक्षण गर्दा तीनमा कोभिड देखिएको हो। कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसनमा राखिएको छ।

पुष्टिको लागि ती व्यक्तिहरूको पीसीआर नमुना केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। काठमाडौँमा परीक्षण पश्चात् उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेको पत्ता लगाइने छ।

Advertisement

भारत र अन्य देशमा कोभिड सङ्क्रमण पुनः बढिरहेको अवस्थामा सुदूरपश्चिमका सीमानाकामा सुरक्षा सतर्कता कडा पारिएको छ। स्वास्थ्य सेवा विभागले मातहतका अस्पताल, कार्यालय र प्रयोगशालालाई आपतकालीन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

Advertisement

यद्यपि, प्रदेशमा कोभिड परीक्षण किटको अभाव हुँदा सङ्क्रमणको व्यापक पत्ता लगाउन चुनौती रहेको बताइएको छ।

सरकारले जनस्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदै संक्रमण फैलिन नदिन सबैलाई सतर्क रहन अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *