Categories समाचार

वीरगञ्ज महानगर प्रमुख सिंह गुरुको स्मृतिमा आयोजित श्री साहेब बाबा धाम महोत्सवमा सहभागी

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह भारत बिहारको सिसवन ग्यासपुरमा आयोजित श्री साहेब बाबा धाम महोत्सवमा सहभागी हुनुभएको छ । आफ्ना गुरु श्री साहेब बाबाको स्मृतिमा आयोजित यस धार्मिक, सांस्कृतिक र सामाजिक महोत्सवमा सिंह प्रत्येक वर्ष सहभागी हुँदै आउनु भएको छ ।

सिंहले श्री साहेब बाबा धामलाई केवल गुरुको स्थल मात्र नभएर “आस्थाको केन्द्र” मान्नुहुन्छ । महोत्सवमा सहभागीतापछि उहाँले भन्नुभयो, “श्री साहेब बाबा धाम मेरो गुरुको स्थल मात्र नभएर आस्थाको केन्द्र हो । प्रत्येक वर्ष महोत्सवमा यहाँ पुग्नु आत्मिक सन्तुष्टि र प्रेरणाको स्रोत हो।”

Advertisement

यस वर्षको महोत्सवमा धार्मिक प्रवचन, भव्य झाँकी, आरती, तथा साधना सत्रहरू आयोजना गरिएको थियो। महोत्सवको पूर्वसन्ध्यामा सम्पन्न आरती तथा पूजा कार्यक्रममा समेत सिंहको उपस्थिति रहेको थियो। देश-विदेशबाट आएका सयौं साधु-सन्त र श्रद्धालुहरूको उपस्थितिले यस कार्यक्रमलाई झनै भव्य बनाएको थियो।

Advertisement

प्रमुख सिंहले यस अवसरमा आफ्नो श्रद्धा र समर्पण प्रकट गर्दै भन्नुभयो, “यस पावन स्थलमा आउँदा आध्यात्मिक ऊर्जा मिल्छ। गुरुका उपदेशहरू जीवनका लागि प्रेरणादायी छन्।”
धामका महामणडलेश्वर श्रीश्री १००८ श्री देवेन्द्र दास जी महाराजको सानिध्यमा कार्यक्रम सम्पन्न भएको हो ।

भारत र नेपाल दुबै देशका श्रद्धालुहरूको आस्थाको केन्द्रका रूपमा स्थापित श्री साहेब बाबा धाममा हरेक वर्ष आयोजित महोत्सवले धार्मिक एकता, सांस्कृतिक सम्बन्ध र सामाजिक सद्भावलाई थप सुदृढ बनाउँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *